कर्णाली प्रदेश

जुम्लाको विमानस्थल विस्तार गरिने

११ असोज, जुम्ला । हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ । चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजना अन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । उनले भने, “विस्तृत अध्ययनका लागि रु १७ लाख ६९ हजार ९१२ बजेट चालू आवमा विनियोजन भएको छ, प्राधिकरणको आफ्नै स्रोतबाट विमानलस्थलमा फायर सेड निर्माण कार्य गत वर्षदेखि निरन्तरता रहेको छ ।”

त्यसैगरी विमालस्थल विस्तार गर्नका लागि एक करोड बजेट विनियोजना भएको जनाइएको छ । विमालस्थल विस्तारका लागि जग्गा अधिकरण कार्यका लागि बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । चालू आवमा खर्चतर्फ कार्यालय सञ्चालनका लागि २९ लाख ६० हजार बजेट विनियोजना भएकोे छ ।