राजनीति

कांग्रेस सांसद उमेश श्रेष्ठ कोरोना संक्रमित

११ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद उमेश श्रेष्ठ कोरोना संक्रमित भएका छन् । कोरोनाको आसंकामा शनिबार स्वाब परिक्षण गरिएको र आज रिपोर्ट पोजेटिभ आएको सांसद श्रेष्ठले  जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमाफर्त नेता श्रेष्ठले आफुलाई कोरोना पुष्टि भएकोले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परिक्षण गर्न र सजगता अपनाउन अनुरोध गरेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि आफु होम आईसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन् ।

पछिल्लो समय राजनितीक व्यक्तित्वहरु कसैमा कोरोना पुष्टि भएको छ भने कसैमा भने परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । केहि समयअघि मात्रै कांगेस नेता सशांक कोईराला, सांसद बिनोद चौधरि लगाएतमा कोरोना संक्रमण देखिएको र केहि समयमै करोना संक्रमण जितेका छन् ।