समाचार

साताको पहिलो दिनै ६ सयले घट्यो सुनको मुुल्यः पुग्यो ९३ हजार ३ सय

११ असोज, काठमाडौं । साताको पहिलो दिन सुनको मुुल्यमा गिरावट आएको छ । आज सुन तोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदि व्यवसयाी महासंघले जानकारी दिएको छ ।

गत हप्ता उतार चढावपछी यो हप्ताको सुरुमै छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर ९३ हजार ३ सय रुपैयाँमा कोरोबार भईरहेको हो ।

यो मुल्य सुक्रबारभन्दा ६ सय रुपैयाँले कमी हो । अघिल्लो हप्ता तिनदिन घटेको सुनको मुल्य शुक्रबार फेरी ८ सयले बढेको थियो । यस्तै मंगतलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो ।

बिहिबार पनि १२ सयले नै घटेको थियो । महासंघका अनुसार आज तेजावी सुन तोलाको ९२ हजार ८ सयमा कोरोबार भईरहेको छ । यस्तै चाँदि प्रतितोला १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कोराबार भईरहेको छ ।