आर्थिक

प्राईम बैंक किन भयो एक्कासी बन्द, राष्ट्र बैंक भन्छ जानकारी नगराई बन्द गर्न मिल्दैन

११ असोज, काठमाडौं। प्राईम कमर्शियल बैंकको नयाँ बानेश्वर साखा एकाएक बन्द भएको छ । बैंक बन्द हुँदा साखामा सेवा लिन आउनेृ सेवाग्राहीहरु बिना सूचना साखा बनद गरेको भन्दै आक्रोशित भएका छन् । बैंकका सुरक्षा गार्डलाई सोध्दा किन बन्द भएको हो आफूहरुलाई थाहा नभएको बताएका छन् ।
प्राईम कमर्शियल बैँकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई सम्पर्क गर्दा उनले सुर्यखबरको फोन रिसिभ गरेनन् भने म्यासेज पठाउँदा पनि फर्काएनन् । ११ बजे बिहान बैंकको साखा बन्द छ, के बैंकले आफ्नो साखा बन्द गर्न मिल्छ भन्दै राष्ट्र बैंकका बैंक तथा वित्तिय संस्था हेर्ने अनुगमन बिभाग प्रमुख देव कुमार ढकाललाई सोध्दा उनले कसैलाई कोरोना संक्रमण देखिएको भए राष्ट्र बैंकलाई जानकारी गराएर बन्द गर्न मिल्ने तर जानकारी नगराई अन्य कारणले भने बैंक कार्यालय समयमा बन्द गर्न नमिल्ने जानकारी दिए । उक्त समयमा बैंकको साखामा कुनै सूचना टाँसिएको देखिएको छैन । प्रमुख ढकालले प्राईम बैंकसंग राष्ट्रबैंककातर्फबाट बुझ्ने र सत्यतथ्य बताउने बताए । 

बैंकका ग्राहक लिस्नु चढेर काउण्टरतर्फ जाँदै, काउण्टर बन्द देखेपछि उनी गाली गर्दै फर्किएका थिए