अन्तर्राष्ट्रिय

६ वर्षदेखी कोमामा रहेका भारतका पुर्व केन्द्रिय मन्त्री जसवन्तको निधन

११ असोज, एजेन्सी । ६ बर्षदेखी कोमामा रहेका भारतका पुर्व केन्द्रिय मन्त्री ८२ वर्षे जसवन्त सिंहको मृत्यु भएको छ ।

६ वर्ष अघि वाथरुममा लडेपछि कोमामा गएका मन्त्री सिंहको आईतबार आज नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा मृत्यु भएको भारतिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । उनको मृत्यु प्रति भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

भारतिय जनता पार्टीका संस्थापक सदस्य सिंह अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा विदेश तथा रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

साथै उनि राजनीतिमा आउनुअघि भारतिय सेनाका मेजर समेत रहेका थिए ।