पु.समाचार

मन्त्रीपरिषद पुुुनर्गठनको चर्चा चलिरहँदा नेकपा दुई अध्यक्ष ओली-दाहालबीच भेटवार्ता

११ असोज, काठमाडौं । मन्त्रीपरिषदको पुुुनर्गठनको चर्चा चलिरहँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

दुई अध्यक्षबीचको भेटमा सरकार र पार्टीका काम कारबाहीबारे छलफल चलिरहेको भएपनि कुन– कुन विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको नेकपा स्रोतले बताएको छ ।

मन्त्रिपरिषद् पुर्नगठन र संवैधानिक निकायमा नियुक्तीका विषयमा छलफल गर्न दुवै अध्यक्षबीच भेटवार्ता भएको हुनसक्ने श्रोतको दाबी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफल मन्त्री हेरफेरका विषयमा केन्द्रीत रहेको बताइएको छ ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिमण्डल पुर्नगठनको हल्ला चलिरहेका बेला सबै मन्त्रीलाई मध्याह्न १२ बजे बालुवाटार बोलाएका हुन् । आजको बैठकमा महत्वपूर्ण निर्णय हुनेसक्ने आंकलन गरिएको छ ।