लुम्बिनी

कोरोना संक्रमणका कारण बाँकेमा एक ४७ वर्षे पुरुषको ज्यान गयो

बाँकेमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । बाँके नेपालगंज उपमहानगरपालिका बडा नम्बर ९ बाँके गाउँका ४७ वर्षे पुुरुषको आज ५ बजे बहान मृत्यु भएको हो । कोरोना संक्रमणको आसंकामा भदौ २९ गते स्वाब परिक्षण गर्दा उनको ३१ गते रिपोर्ट पाजेटिभ आएको थियो ।

स्वास्थ्य अबस्थामा समस्या देखिएपछि भदौ ३१ गते साँझ करिब साढे ८ बजे नेपालगंज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरको कोभिड आईसोलेशनमा भर्ना गरिएको थियो । मृतक नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजको प्रशासनिक कर्मचारी भएको अस्पतालले जनाएको छ ।

यी संगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुुगेको छ । मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्दै छ ।