प्रदेश 1

विराटनगरको कोशी अस्पतालमा ४७ वर्षे कोरोना संक्रमित पुरुषको मृत्यु

११ असोज, विराटनगर । झापाका १ पुुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शनिबार राति कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको हो ।

अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार शरीर कमजोर हुने, ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाबको पीसीआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजिटिभ आएको थियो ।

उनका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएपछि पुरुषलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । झापाको कनकाई–९ का ४७ वर्षीय पुरुषको शनिबार राति १०ः४५ बजेतिर मृत्यु भएको हो ।

स्वास्थ्य अवस्था खराब भएर गएपछि उनलाई थप उपचारका लागि शनिबार राति विराटनगर ल्याइपु¥याउन साथ मृत्यु भएको हो । आइसोलेसनमा लैजानलाई बोकेर आएको एम्बुलेन्सबाट झार्दाझार्दै संक्रमितको मृत्यु भएको हो । बस्नेतले पुरुषमा कुनै दीर्घ रोग भएरनभएको बारेमा केही जानकारी प्राप्त भइ नसकेको बताए ।