पु.समाचार

किन बोलाए प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक ?

११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बताएको छ ।

आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो केहि विशेषत नभएको र त्यसमा पनि राति नै खबर आएको श्रोतले भनेको छ ।

समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ । सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ ।