पर्यटन/संस्कृति

पर्यटन पुनरुत्थान कार्यदल – नेपालको औपचारिक समुदघाट्न

१० असोज, काठमाडौं । कोभिड–१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम पर्यटन पुनरुत्थान टास्क फोर्स – नेपाल स्थापना भएको छ । विश्वपर्यटन दिवशको अवसरमा काठमान्डौको नयाँ बानेस्वर स्थित द एवेरेष्ट होटलमा आयोजित एक बिशेष कार्यक्रमकाबीच आज पर्यटन पुनरुत्थान टास्क फोर्स – नेपाल औपचारिक समुदघाट्न गरिएको हो ।
उचीत, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमापर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहनुभएका निर्णयकर्ता तथा नीति निर्माताहरुमाझ पर्यटन बारे बुझाई बढाउन, मुख्य सरोकारवाला निकायहरु बीच परिणाममुखी समन्वय स्थापना गराउन, र देश भित्रका पर्यटन क्षेत्रका सरोकारवालाहरु तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय तथा प्रभावकारी संचार गर्र्ने कार्यमा केन्द्रित रहने गरी यस कार्यदलले कार्यक्रम तथा गतिविधीहरु गर्ने छ ।
यसका साथै पर्यटनको दिगो तथा छिटो पुनरुत्थानकालागि नेपालमा भैरहेका राम्रा प्रयासहरु तथा आवश्यक तैयारीमा सहयोग गर्ने र सकारात्मक सन्देश प्रवाहगर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सम्बन्धितनिकायहरु लार्ई सुझाउने एवं सिमीतसाधन र स्रोतभएपनि केहीकार्यक्रमहरु आफै सन्चालनगर्नेछ ।पहिचान गरिएका १० वटा च्यानलहरुबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमीत रुपमा सम्प्रेषित गरिनेछ ।
बहुआयामीक उद्योगका रुपमाचिनिएको पर्यटन क्षेत्रको नेपालको समृद्धि यात्रामाउल्लेख्य भूमिका र योगदान रहेको छ । विश्वपर्यटन परिषदको सन् २०१९को तथ्यांकअनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७प्रतिशत रहेको छ भने करीब ११ लाख जनशक्तिका लागि पर्यटन क्षेत्रले रोजगारका अवसरहरु सिर्जना गरेको छ । विदेशी पर्यटकको खर्चबाट आर्जन हुने निर्यात आम्दानीमा ३०.८ प्रतिशतको योगदान रहेको छ । कोभिड–१९ महामारीले हाम्रो स्वास्थ्य र जनजीविकामा मात्रैहैन अर्थतन्त्रमा पनि ठूलो चुनौती थपेको छ । यस संकटको घडीमा सुुरक्षाका मापदण्ड अपनाउँदै पर्यटनका गतिविधि सुचारु हुँदा रोजगार र व्यवसायपुनः सुचारु गर्न र पर्यटन पुनरत्थान हुन जानेछ ।
प्राथमिक्ताहरु निर्धारण गर्दै तत्काल सक्रियहुनु पर्ने टड्कारो आवश्यक्तालाई लाई मध्येनजर गर्दै परिणाममूखि कार्य–योजना र सरभाइभल, रिभाइभल, तथा थ्राइभलको स्पष्ट रणनीतिका आधारमा कार्यक्रम तथा गतिविधिहरु तय गरी त्यसमा सबेै मुख्य सरोकारवालाहरुको प्रयासलाई जोड्दै छिटो भन्दा छिटो पर्यटन पुनरुत्थान गर्न यो कार्यदल लागि पर्नेछ ।
सोच बनेको केहिदिन भित्रै पर्यटन पुनःसंचालनका लागि पर्यटन क्षेत्रको तैयारीका सन्दर्भमा सर्भेक्षण गर्ने, सुरक्षा मापदन्ड सम्बन्धि सूचना तथा जनचेतनाका सचित्र सामग्री तैयार पार्ने, विदेशका अन्य गन्तव्यहरुमा भैरहेका अभ्यासहरुका बारेमा तथ्य तथा सूचना संकलनगर्ने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि वातावरण बनाउने र प्रवद्र्धन गर्ने जस्ताकार्यहरु शुरु गरिसकेको यस कार्यदलले आगामी दिनमा आन्तरिक पर्यटनकालागि, सुरक्षा मापदन्ड पालनागर्न लगाउनका लागि, सरोकारवाला संस्थाहरुको भूमिका उत्सािहत बनाउनका लागि, स्रोत बजारको बुझाई र नेपालले गर्नु पर्ने थप तैयारी जस्ता विषयहरुमा नियमीत सम्वाद श्रृखंला सुचारु गर्ने छ । यसै सन्दर्भमा यस पहलका लागि एक छुट्टै वेभसाईट www.trtfnepal.comपनि आजैका मितिदेखि सूचारु गरिएको छ । पर्यटन क्षेत्रमा देखिने कमीहरु लाई घटाउन र हटाउन यो कार्यदलपर्यटन पुनरुत्थान नहुन्जेल सक्रिय रहनेछ ।
यसै सन्दर्भमा आज २०७७असोज १० गतेका दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले पर्यटन पुनरुत्थानका लागि भएको यस पहलको प्रशंसा गर्दै पर्यटन प्नरुत्थानको पहिलो पाइला स्वरुप देशदर्शन कार्यक्रमको लन्चिंग गरे र सबै सरोकारवालाहरु एक भएर लागेमात्रै पर्यटन पुनरुत्थान छिटो हुन सक्ने भन्दै सबैलाई पर्यटनका लागि संगसंगै हुन अनुरोध पनि गरे ।
कार्यक्रममा, पर्यटन सचिव केदार बहादुर अधिकारीले पर्यटन पुनरुत्थान कार्यदलद्वारा ग्रामिण गन्तब्य सशक्तीकरण अभियान को तालिम निर्देशिकाको समुदघाटन गरे । उनले निजीक्षेत्रद्वारा पहल गरिएको पर्यटन पुनरुत्थान कार्यदलको प्रशंशागर्दै स्थानीय तथा प्रादेशिक सरकारहरुसंग थप समन्वय र सहकार्य गरी थप प्रभावकारी कार्यहरु बढाउन सुझाव दिए ।
हरेक संकटबाट छिटो पार पाउनका लागि बलियो समन्वय र प्रभावकारी सन्चार अत्यन्तै आवश्यक रहने हुँदा सम्पूर्ण सरोकारवाला संघसंस्था, व्यतिm तथा संचारकर्मी साथीहरुलाई यस पहललाई थपअपनत्व ग्रहणगरी विशेष सहयोग पु¥याईदिनुहुन पर्यटन पुनरुत्थान कार्यदलले आग्रह गरेकोछ ।
पाटा नेपाल च्याप्टर र स्कल नेपालबाट अघि बढाईएको यस पहलमा पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सल्लाहकार, मुख्य छाता संगठनहरु संस्थागत संरक्षक, स्वास्थयतथा सुरक्षा निकायका संस्थाहरु स्वास्थ्यतथा सुरक्षा संरक्षक, नेपालपर्यटन बोर्ड पर्यटन उद्योग संरक्षक रहेका छन । नेपालपर्यटन बोर्डका पुर्व कार्यकारी प्रमुख तथा विश्वव्यापी रुपमापर्यटन पुनरुत्थानकालागि शुरु भएको अभियान रिब्यूल्डिंग ट्राभलका कार्यदल सदस्य दीपक राज जोशी यस पहललाई अघि बढाउने र आवश्यक समन्वयगर्ने संयोजकका रुपमा रहने छन् ।
पाटा नेपाल च्याप्टरका सचिव खेमलकाई कार्यदलको प्रवक्ता रहनेछन भने पाटा नेपाल च्याप्टरका सीइओ सुरेश सिंह बुडालले कार्यदलको सचिवालय व्यवस्थापन गर्नेछन् ।