प्रदेश 1

प्रेस क्लब मेचीनगरद्वारा दुई पत्रकार सम्मानित

१० असोज, झापा । प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् । मेचीनगरबाट प्रकाशित चौतारी पोष्टका सम्पादक शर्मालाई ११ हजार १११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई पाँच हजार ५५५ नगदसहित मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

काँकडभिट्टामा प्रेस क्लबको अधिवेशनको उद्घाटनसत्रमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उनीहरुलाई सम्मान गरेका थिए ।