विचार/ब्लग

राजनीतिक, बौद्धिकदेखी जनतासम्म छ नाताबाद-कृपाबाद

बाबुराम आचार्य/पछिल्लो समय नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारको आलोचनाको केन्द्र राष्ट्रिय बाणिज्य बैंकको संचालकमा नियुक्त भएका डा उपेन्द्र कोईराला बने । यस अघि प्रदेश नम्बर १ स्थीत महेन्द्र मोरङ्ग क्याम्पस बिराटनगरको क्याम्पस प्रमुख, नेपाल आयल निगमको कार्यकारी निर्देशक, उच्चमाद्यमिक शिक्षा परिषदको प्रमुख, मध्यपश्चिम बिश्व बिद्यालयको भिसिलगायतका आधा दर्जन भन्दा बढी नियुक्ती खाएका उनले पछिल्लो समय बाणिज्य बैंकको अध्यक्ष बन्ने ध्येयका कारण संचालकमा नियुक्ती पाए ।
डा कोईराला कडा स्वभावका र कुनैपनि संस्थामा कमाण्ड गर्न सक्ने बौद्धिक ब्यक्ती हुन् । उनी कुन राजनीतिक दलसमर्थक हुन् त्यो फरक कुरा हो, उनले संस्थामा कमाण्ड गर्ने क्षमता भने राख्दछन्, कमाण्ड गर्ने क्षमतामात्र राख्दैनन्, उनी सानै उमेरमा पीएचडी गरेका बौद्धिक ब्यक्तीत्वसमेत हुन् । डा कोईराला उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलका सम्धी भएका कारण रक्षामन्त्रीले आफ्ना सम्धीलाई वाणिज्य बैंकमा नियुक्त गर्यो भन्ने बिषय उठाएर बिबाद श्रृजना गरी सरकारको आलोचना गर्ने काम भईरहेको छ ।
हो नेकपा महासचिव बिष्णु पौडेलको वालुवाटार जग्गा प्रकरण, वाईडबडी घोटाला प्रकराण, मिडिया बिधेयक, संसद डा यादब अपहरण, गुठी बिधेयक, संचारमन्त्री गोकुल बास्कोटाको ७० करोडको अडियो काण्ड, कोरोना भाईरसको महामारीका स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार काण्ड, आईफा अवार्ड काण्ड लगायतका काण्डहरुमा नेकपा नेतृत्वको केपी शर्मा ओली चुकैकै हो । नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, उनको सरकार र नेकपाकै बिभिन्न काण्डहरुका कारण प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, बौद्धिक जमातलगायतले ब्यापक बिरोध गरे, गरिरहेकै छन् । हरेक गलत कुराको बिरोध गर्नुलाई लोकतन्त्रमा स्वभाविक मान्ने चलन छँदैछ, सहि पनि मान्नुपर्दछ ।

[highlight txtcolor=”#c9572e”]तपाईहरु नाताबाद कृपाबाद भन्नुहुन्छ, त्यो नराम्रो होईन भनेर भन्न म पनि सक्छु तर तपाई कान्तिपुरमा काम गर्नुहुन्छ भने तपाई काम गर्ने मिडिया कान्तिपुरको अध्यक्ष को ? अनि त्यस्का निर्देशकहरु ? कौलाश सिरोहिया पछि उनकी श्रीमती र छोराहरु व नातेदार वा चम्चागिरी गर्ने किन कान्तिपुर ग्रुपमा वा एउटा मिडियामा बढी हावी? त्यहाँ स्थापनाकालदेखी काम गर्नेलाई कैलास सिरोहीयाभन्दा तलको पद किन नदिएको ? त्यस्को बारेमा किन नलेख्ने, नबोल्ने ? अनि राम्रा कुरालाई पनि बिशेषण बनाएर बिगार्नमात्र खोज्ने ?[/highlight]

तर बिरोध गर्नेहरुले बुझ्नैपर्ने कुरा के भने, राम्रो कुरामा पनि किन बिरोध गर्ने ? भन्ने प्रश्नमा भने हाम्रो समाजमा किन ध्यान नगएको हो त्यो बुझ्न सकिएन ? के इश्वर पोख्रेलको सम्धी हुनेबित्तिकै नियुक्ती खानै नहुने ? प्रधानमन्त्रीको आफन्त हुनेबित्तिकै कुनै महत्वपूर्ण पदमा बस्नै नपाउने ? यी कुराहरुको उक्त बौद्धिक ब्यक्तीहरुले दिनुपर्छ कि पर्दैन ? प्रधानमन्त्री वा शक्तीसाली ब्यक्तीको आफन्त क्षमताबिहीन भएर कुनै लाभको पदमा नियुक्त गरिएको भए त त्यसको बिरोध गर्न ठीक थियो तर डा उपेन्द्र कोईरालामा के त्यस्तो कमी छ जसले बाणिज्य बैंकको अध्यक्ष चलाउन नपाउन् ? रुसका राष्ट्रपति भ्लादिमिर पुटिन् कति बर्ष राष्ट्रपति भए र हुँदैछन्, त्यो नेपालका बौद्धिक ब्यक्तीत्वहरुले ध्यान दिन जरुरी छ । अर्कोतर्फ पुटिन्ले कोरोना भाईरसको महामारीमा विकास गरेको भ्याक्सिनमा सफलतालगायत उनका कार्य पनि नियालौं, धेरैपटक वा लामो समय एउटै पदमा बस्यो भनेर बिरोध गर्ने एउटा परम्परालाई किन समाजमा स्थापीत गर्न खोज्ने ? यो प्रश्न बिशेषगरी म बौद्धिक हुँ भन्ने नेपाली समाजका अगुवाहरुलाई ? तपाईहरु नाताबाद कृपाबाद भन्नुहुन्छ, त्यो नराम्रो होईन भनेर भन्न म पनि सक्छु तर तपाई कान्तिपुरमा काम गर्नुहुन्छ भने तपाई काम गर्ने मिडिया कान्तिपुरको अध्यक्ष को ? अनि त्यस्का निर्देशकहरु ? कौलाश सिरोहिया पछि उनकी श्रीमती र छोराहरु व नातेदार वा चम्चागिरी गर्ने किन कान्तिपुर ग्रुपमा वा एउटा मिडियामा बढी हावी? त्यहाँ स्थापनाकालदेखी काम गर्नेलाई कैलास सिरोहीयाभन्दा तलको पद किन नदिएको ? त्यस्को बारेमा किन नलेख्ने, नबोल्ने ? अनि राम्रा कुरालाई पनि बिशेषण बनाएर बिगार्नमात्र खोज्ने ? कान्तिपुर त एउटा प्रतिनिधि कार्यालयमात्र हो, मैले व्यक्तीगत हिसावले कान्तिपुरलाई नराम्रो भन्न खोजेको होईन, अन्य नागरिक, अन्नपूर्णपोष्ट, नयाँपत्रिका पनि नाताबाद कृपाबाद वा चाकरिबादमा कमजोर छैनन्, म ठोकुवा दिएर नै भन्छु । तपाई काम गर्ने प्रत्येक कार्यालयमा तपाईको हाकिम वा मालिकले आफ्नी श्रीमती, छोराछोरी, आफ्न्तजन वा चिनेजानेको वा गाउँकोलाई वा चाकरि गर्नेलाईमात्र महत्वपूर्ण जिम्मेवारी दिन्छन्, तपाई नै कुनैपनि प्रतिष्ठीत कम्पनी वा संस्थाको साहु भएपनि तपाईको हैशियत पनि झण्डै शत्प्रतिशत उही हो, म ठोकुवा दिएर भन्न सक्छु ।
अनि राजनीतिमा तपाई भन्नुस्, पत्रकारीतामा तपाई भन्नुस्, वकालतमा तपाई भन्नुस्, समाजसेवामा तपाई भन्नुस्, बैंकिङ्गमा तपाई भन्नुस्, कर्मचारी सेवामा तपाई भन्नुस् जहाँतही नाताबाद कृपाबाद छ, मात्र कसले कसलाई कुनबेला फसाउने र बद्नाम गराउने हो त्योमात्र फरक कुरा हो । जनतामासमेत नाताबादकृपाबाद संस्थागत छ । एउटा बाबुले एक हजार रुपैंयाँ पैसा कमाएको खण्डमा छोराछोरी वा परिवारको लागि खर्च गर्छ, लक्ष्मीप्रसाद देवकोटा, प्रा. डा गोबिन्द केसी एउटा उदाहरण होलान्, देवकोटा जसले आफूले लगाएको कोट बाटो हिँड्दाहिँड्दै सर्बसाधारणलाई दिन्थे रे ! देवकोटाको सही हो या प्रचारमात्र हो त्यो म जान्न चाहन्न तर सामान्य सत्य कुराको रुपमा यसलाई सही मान्न सकिन्छ, १९ औं पटक मेडिकल सुधारका बिभिन्न माग राखेर अनशन बरिसहेका प्रा.डा. केसीको बिषयमा धेरैलाई थाहा छ बोल्नु निरर्थक होला । अनि आयो त्यो एउटा साधारण घरपरिवारको नागरिकले आफ्ना छोराछोरी, श्रीमती वा परिवारलाई दिने एकहजार कुनै बाटोमा माग्दै गरेको मान्छेलाई दिन्छ र ? तपाई बौद्धिक बर्ग जसले डा उपेन्द्र कोईरालाको वाणिज्य बैकमा नियुक्तीको खुलेर बिरोध गरिरहनुभएको छ, तपाईले कमाएको तलवबापद महिनाभरको पैसा, घरभाडाबाट संकलन भएको पैसा वा अन्य कुनैपनि माद्यमबाट कमाएको पैसा नाताभन्दा बाहिरका कुन ब्यक्तीलाई दिनुभयो ? त्यो भन्न सक्नुहुन्छ ? कुन गरिव खोजेर बाँड्नुभयो ? कुन दलितको छोराछोरीलाई पढाउन सहयोग गर्नुभयो ? कुन अस्पतालमा उपचार गर्न नपाएर छट्पटाईरहेको नागरिकलाई उपचार गर्न खर्च गर्नुभयो ? तपाईले कमाएको पैसा तपाईले आफ्नो र आफ्नो परिवार भन्दा पनि सर्बसाधारणको खुशीको लागि खर्च गरेका कुनै उदाहरण छन् भने दिनुस्, म अर्कोपटक यसरी नै सर्बसाधारण नागरिकको हैसिशयतले लेख्ने छु । यदि कसैले सामाजिक सेवा गरेका भए भने तील जत्रो काम गरेर पहाडजत्रो हल्ला गरेका केही दृष्टान्त हुनसक्लान्, त्यसको पनि हिसाव गर्न सकिन्छ । एनजिओ अँईएनजिओले त सानो काम गरे भने वेवसाईटमा ठूलो तस्विर राखेर हैशियत अनुसार गरिबीको निष्ठामाथी खेले हैसियतअनुसार अरबौंसम्म कुम्ल्याएका उदाहरण देखिरहेको हौं हामी सबले यही समाजमा ।

[highlight txtcolor=”#ad5d27″]त्यो भन्न सक्नुहुन्छ ? कुन गरिव खोजेर बाँड्नुभयो ? कुन दलितको छोराछोरीलाई पढाउन सहयोग गर्नुभयो ? कुन अस्पतालमा उपचार गर्न नपाएर छट्पटाईरहेको नागरिकलाई उपचार गर्न खर्च गर्नुभयो ? तपाईले कमाएको पैसा तपाईले आफ्नो र आफ्नो परिवार भन्दा पनि सर्बसाधारणको खुशीको लागि खर्च गरेका कुनै उदाहरण छन् भने दिनुस्, म अर्कोपटक यसरी नै सर्बसाधारण नागरिकको हैसिशयतले लेख्ने छु ।[/highlight]

तपाईलाई मैले अघि कान्तिपुरको उदाहरण दिएको थिएँ, नेपालका बिश्वका अरबपतिको सूचीमा परेका एकमात्र अरबपति बिनोद चौधरी, प्रतिष्ठीत व्यापारीक घराना चौधरी ग्रुपको अध्यक्ष हुन्, उनका तीन छोराहरु अनि भाईहरु नै चौधरी ग्रुपको हावी किन ? अनि तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीकी श्रीमति नै राष्ट्रपति हुँदा तपाईको बौद्धिकता काहाँ गएको थियो ? मदन भण्डारीसँगै लाग्ने अन्य नेकपाका नेताहरु थिएनन् र राष्ट्पति पदमा आशिन हुन योग्य ? नेकपा बरिष्ठ नेता माधव कुमार नेपालले पनि भाईलाई नियुक्ती दिएका हैनन् र ? नेकपामा यस्ता समधी, सालासाली, भाईबहिनी, श्रीमतीजस्ता नाताबादकृपाबादका लाईन धेरै छन्, त्यसो भन्दैमा काँग्रेसमा छैनन् भन्ने हैन, काँग्रेसमा गणेशमान सिंह पुत्र प्रकाशमान सिंह, बिपी कोईराला पुत्र डा शसाँक कोईराला, गिरिजा प्रसाद पुत्री सूजाता कोईराला, महेन्द्र नारायण निधी पुत्र बिमलेन्द्र निधि, कोईराला परिवारकै प्रभावशाली नेता डा शेखर कोईराला नाताबाटै आएका होईनन् र ?
बाँकी रह्यो कुरा नाताबाद कृपाबादको ? नाताबाद बिश्वमा नै छ, जबसम्म मायामोह, परिवारबाद, छोराछोरी वा आफन्तको माया गर्ने प्रचलन रहन्छ तवसम्म नाताबबाद कहिल्यै हट्दैन, राजाको जेठो छोरा राजा हुने चलन इश्वर पोख्रेल वा केपी ओलीले चलाएका होईनन्, यो नाताबादको चलन मानव सभ्यताको विकासक्रममा नै विकास भएको हो । नाताबादको बिरोध गर्ने भन्दा क्षमताबादको बिरोध गरौं भन्ने हो । गलत गर्ने वा जिम्मेवारी सम्हाल्न नसक्ने, भ्रष्टाचार गर्ने, कम्पनी घाटामा लाने, जनतालाई दुःख दिने कुराको बिरोध गरौं, क्षमतावानको बिरोध नगरौं सम्मान गरौं भन्ने हो, पछिल्लो समयमा कुलमान घिसिंगको नाम जोड्नुपर्ने हुन्छ, उनी सफल हुन उनलाई सम्मान गरौं । चाहे नाताको होस् वा चाकरी गरेर नियुक्ती पाएको वा लाभको पदमा बसेको होस्, संस्थालाई उँभो लगाउन सक्ने भएमा त्यसको बिरोध नगरौं, अझ थप भन्नुपर्दा डा उपेन्द्र कोईरालाले भोली नियुक्ती पाएपछि व्यवस्थापनलाई अनावश्यक दबाब दिई वाणिज्य बैंक घाटामा गयो भने त्यस्बेला मजाले उनको बिरोध गरौं, म पनि गर्छु, मैले थाहा पाईन भने कृपया सूचना पाउन आग्रह छ तर अहिलेका लागि यसभन्दा अगाडीका उक्त बैंकका अध्यक्ष भन्दा कुनै कम क्षमता भएका ब्यक्ती डा कोईराला होईनन् भन्ने म भने ठोकुवा नै गर्छु । डा कोईराला क्याम्पस प्रमुख हुँदा म उक्त क्याम्पसको बिद्यार्थी थिएँ, त्यसबाहेक उनीसँग मेरो कुनै प्रकारको ब्यक्तीगत सम्बन्ध नभएकोसमेत खुलाईन भने मैले पनि उनको चाकरी गरेको ठहर्छ, मैले आगामी दिनमासमेत उनीहसँग व्यक्तीगत फाईदाका लागि साँठगाँठ नगर्ने अठोटसमेत अथ्र्याउनु उपर्युक्त हुन्छ ।

[highlight txtcolor=”#c9572e”]नेपालका बिश्वका अरबपतिको सूचीमा परेका एकमात्र अरबपति बिनोद चौधरी, प्रतिष्ठीत व्यापारीक घराना चौधरी ग्रुपको अध्यक्ष हुन्, उनका तीन छोराहरु अनि भाईहरु नै चौधरी ग्रुपको हावी किन ? अनि तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीकी श्रीमति नै राष्ट्रपति हुँदा तपाईको बौद्धिकता काहाँ गएको थियो ? मदन भण्डारीसँगै लाग्ने अन्य नेकपाका नेताहरु थिएनन् र राष्ट्पति पदमा आशिन हुन योग्य ? नेकपा बरिष्ठ नेता माधव कुमार नेपालले पनि भाईलाई नियुक्ती दिएका हैनन् र ? नेकपामा यस्ता समधी, सालासाली, भाईबहिनी, श्रीमतीजस्ता नाताबादकृपाबादका लाईन धेरै छन्[/highlight]

यो त डा कोईरालाको बिषयलाई बनाइएको काण्ड भयो, अब जुनसुकै राजनीतिक दलमा लागेको वा आस्था भएको भएपनि गलत गरेकोलाई गलत र सही गरेको लाई सही भन्ने परिपाटीको विकास गरौं, अहिले राम्रो कुराको बिरोध गर्ने हो भने पछि आफू नै कुनै सम्मानीत पदमा नियुक्ती वा जिम्मेवारी पाएमा त्यस्तै थाम्नै नसक्ने बिरोधको समाना गर्नुपर्छ भन्ने पनि बुझैं वा राम्रो मान्छेले जिम्मेवारी पाउन खोजेको छ र अनावश्यक बिरोध भयो भने उक्त व्यक्ती बिबादमा आउन नचाहेर सामान्य नागरिकको रुपमा रहन सक्छ र उक्त संस्था क्षमताबिहीन वा स्वार्थीको हातमा गई बर्बाद हुनपनि सक्छ । नाताबाद भन्दा क्षमताबादलाई प्राथमिकता दिन उपयुक्त ठान्नुपर्ने सोच सबैले बनाऔं । आफ्नो आगंको हात्तिपनि नदेख्ने, अर्काको आगंको तिल देख्ने चलनलाई बौद्धिक बर्गलेमात्र हटाउन सक्छ, त्यसको लागि तत्ककाल प्रयास गरौं ।
ईमेलः [email protected]