राजनीति

जनताका माग पुरा गरी डा केसीको हालत नन्दप्रसाद जस्तो नबनाउन बरिष्ठ नेता पौडेलको कम्युनिष्ट सरकारलाई चेतावनी

१० असोज, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मेडिकल सुधारका माग राखेर १९ औं पटक अनशनमा बसेको प्रा. डा गोबिन्द केसीका माग पुरा गर्न तत्काल वार्ता गर्नुपर्ने माग राखेका छन् । नेता पौडेलले ट्वीट गर्दै नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारसँग तत्काल वार्ता गर्न माग गरेका हुन् ।
उनले कम्युनिष्ट सरकारसंग आक्रोशित हुँदै एक एक गरेर सत्याग्रहीहरुलाई गोरखाका नन्द प्रसादको हालतमा नपुर्याऊन आग्रह गरेका छन्। बरिष्ठ नेता पौडेलले गोविन्द के.सीं संग तत्काल वार्ता गर, माफियातन्त्र अन्त गर, निमुखालाई न्याय देऊ, गुणस्तरीय शिक्षा, स्वास्थ्य सबैलाई सुलभ गराऊन जोडदार माग गरेका छन् । गोरखाका नन्द प्रसाद अधिकारी अनशन बसैकै बेला तत्कालीन माओबादी सरकारका पालामा मत्यु भएका माओबादी पीडित नेपाली नागरिक हुन् ।

बरिष्ठ नेता पौडेलको भनाई जस्ताकोतस्तैः

डा. गोविन्द के.सी. संग वार्ता गर !

कम्युनिष्ट सरकार /

एक एक गरेर सत्याग्रहीहरुलाई गोरखाका नन्द प्रसादको हालतमा नपुर्याऊ ।
गोविन्द के.सी. संग तत्काल वार्ता गर !
माफियातन्त्र अन्त गर ! निमुखालाई न्याय देऊ ! गुणस्तरीय शिक्षा, स्वास्थ्य सबैलाई सुलभ गराऊ ।