कर्णाली प्रदेश

जाजरकोटमा कुटपिटबाट एक युवाको मृत्यु

९ असोज, जाजरकोट । जाजरकोटमा एक युवाको कुटपिटबाट मृत्यु भएको छ । कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीवार सामान्य बादबिवाद हुँदा वडा नं २ टालेलेगाउँमा २२ वर्षीय अर्जुन सिंहको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एनबहादुर मल्लले बताए । बिहीवार कुटपिटमा घाइते भएका सिंहलाई स्वास्थ्य सेवा कार्यालय उपचार गर्दा गदै आज दिउँसो साढे १ः०० बजे मृत्यु भएका मल्लले जानकारी दिए ।

आक्रमणमा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको उनले बताए । कुटपिट गर्ने सिंह अहिले फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा टेलिफोन सम्पर्क नभएका कारण थप विवरण आउन नसकेको प्रहरीको भनाइ छ ।