आर्थिक

कोरोना माहामारीमा ऋण बुझाउनेलाई सांग्रिला बैंकको छुट

९ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महामारीबाट बैंकका ऋणी ग्राहकलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहकका लागि बुझाउन बाँकी आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ ।

बैंकका ऋणी ग्राहकहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेकोमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको जानकारी गराएको छ ।

साथै बैंकले यसरी ग्राहकहरुलाई व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्त सम्मको बैंकको आधार दर भन्दा कम नहुने गरी छुट दिईने व्यहोरा जानकारी गराएको छ ।

साथै व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने समेत बैंकले जानकारी गराएको छ ।

बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले आफ्ना ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा विश्वास लिएको छ ।