समाचार

सुन तोलामा फेरी ८ सय ले महंगीयोः पुग्यो ९३ हजार ९ सय

९ असोज, काठमाडौं । केहि दिनदेखी ओरोलो लागोको सुनको भाउ फेरी उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार केहिदिन यता घटदै आएको सुनको भाउ आज तोलामा एकैदिन ८ सय रुपैयाँले महंगीएको छ ।

आज तोलामा ८ सय रुपैयाँ महंगो भएको छापावाला सुन तोलाको ९३ हजार ९ सय र तेजावी सुन ९३ हजार ४ सय रुपैयाँ पुगेको छ ।

पछिल्लो तीन दिनमा सुन ४१ सय रुपैयाँले सस्तिएको थियो । सुनको मूल्य बढ्दा आज चाँदी पनि ४० रुपैयाँ महँगो बनेको छ । तीन दिनमै दुई सय रुपैयाँ सस्तो बनेको चाँदी शुक्रबार तोलाको ११ सय ६० रुपैयाँ कायम भएको छ ।