मनोरञ्जन

अनु शाह र नविन बुढाथोकी फिचर्ड निशानको संगै मरौला सार्वजनिक (भिडियो)

९ असोज, काठमाडौं । नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत संगै मरौला सार्वजनिक भएको छ ।

सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सदभाव टिभीको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको छ । रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । आशिक राइको निर्देशनमा भिडियो बनेको हो ।

मोडेल नविन बुढाथोकीले यस अघिपनि धेरै नायिकाहरु सग स्क्रीन सेयर गरिसकेका छ जसलाई दर्शकले धेरै मन पराएका थिए ।

गीतको भिडियोः