समाचार

आजपनि मुलुकको विभिन्न स्थानमा हल्कादेखी मध्यम वर्षा हुने

९ असोज, काठमाडौं । आज देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम बर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भु–भागमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दैछ ।

अहिले कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का बर्षा भइरहेको छ ।

आज दिउँसोपछि देशभर सामान्य बदली रही देशका प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान र बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी बर्षाका सम्भावना रहेको छ।

त्यस्तै आज राति पनि देशभर सामान्य बदली रही मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

आज देशका प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।