पु.समाचार

कोरोना संक्रमणका कारण बाँकेमा ५२ वर्षे पुरुषको मृत्यु

९ असोज, काठमाडौं । कोरोना संक्रमणका कारण बाँकेमा एक पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ः२५ बजे मृत्यु भएको हो ।

उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

मृतकको फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको श्रेष्ठले बताएका छन् । दिउँसो रिपोर्ट पोजेटिभ आएपछि उनी भदौ ६ गते राति ११ बजे अस्पतालमा भर्ना भएका थिए ।

यो सँगै बाँकेमा कोरोना संक्रमित १२ जनाको मृत्यु भएको छ ।