प्रदेश 1

प्रदेश १ मा ११४ कोरोना सङ्क्रमित थप

८ असोज, बिराटनगर । प्रदेश न १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ४७ महिला र ६४ पुरुष रहेका छन् । थपिएका मध्ये मोरङ ८६, सुनसरीम २१, झापा पाँच, उदयपुर र प्रदेश बाहिरका एक÷एक जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा सो अवधिमा ७१ जना सङक्रमित थपिएका छन् । ती मध्ये ३६ महिला र ३५ पुरुष रहेका छन् । सुनसरीको धरानमा चार महिला र नौ पुरुष, दुहवीमा एक महिला र छ पुरुष, इटहरीमा एक पुरुष, झापाको विर्तामोडमा दुई पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा एक /एक पुरुष, उदयपुर तथा प्रदेश बाहिरका एकएक पुरुषमा सङ्क्रमण भएको पुष्टि भएको छ ।
यसप्रदेशमा हालसम्ममा छ हजार ६४ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये दुई हजार ६१९ जना कोरोनाबाट मुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार आज कोही पनि डिस्चार्ज भएको छैनन् । प्रदेशमा हालसम्म एक लाख १८ हजार ८१० जनाको पिसिआर परीक्षण भइसकेको छ ।