आर्थिक

सिभिल बैंकले शुरु ग¥यो किसान समृद्धि कार्डको सुबिधा

८असोज, काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुबिधा संचलनमा ल्याएको छ ।देशको कृषि क्षेत्रलाई प्रोत्साहनगर्ने नीति अनुरुप सम्पूर्ण कृषकहरुको समृद्घिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो ।
कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरील्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्तहुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमाउक्त बचत रकम झिक्ने र नपुगभएमा सोहि खाताबाट कर्जाको रुपमा बढि रकमपनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार रु पाँच लाख सम्मको ऋण सुबिधा उपलब्ध गराईन्छ ।
यो सुविधा प्राप्तगर्न ग्राहकले बैंकमा सम्पर्क गरी वचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदानगर्ने छ भने यदि खातामा भएको वचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद व्याज रकमको गणना हुनेछ ।
यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमाअँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमातोकी उपलब्ध गराइने छ जुनआफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिनेछ ।यो ऋण सुबिधाको लागीकुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशीकाअनुसार यस सुविधाको ब्याजदरमा ५ प्रतिशत अनुदान प्राप्तहुने भएकोले न्युनब्याजदरमै यो सुबिधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित बिषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषिउत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो ।
हालसम्म ४ लाख ७० हजार भन्दा बढी ग्राहकहरु रहेको करीव रु. ६८.६०अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५५.२८अर्व कर्जा लगानी गरेकोे सिभिल बैंकको ११४ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदानगर्दै आएको कुरा पनि बैंकले जनाएको छ ।