समाचार

आज १४९७ जना भेटिए कोरोना संक्रमित, काठमाडौ उपत्यकामामात्र ७४७ जना थपिए

८ असोज, काठमाडौं । आज १४ सय ९७ नयाँ ब्यक्तीमा कोरोना संक्रमण पुष्टी भएको छ । पुरुष ९८४ जना र महिला ५१३ जना गरी नयाा संक्रमित थपिएका हुन् । काठमाडौंमा ६०९ जना, ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जना गरी उपतयकामा ७४७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित प्रेश ब्रिफिगंमा बताएका छन् ।
२४ घण्टामा कोरोना जितेर ४५७ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ जना छ । आज गरिएको पीसीआर टेष्ट ११ हजार ४४९ छ ।