पु.समाचार

राप्रपाद्वारा ७ सदस्यीय विधान मस्यौदा समिति गठन

असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रयअध्यक्षको बैठकले पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने गरी पार्टीका नेता निरञ्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ ।
सदस्यहरुमा भरतजग उप्रेति, श्यामबहादुर शाही, भक्ति प्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक छन् । उक्त कुरा केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले बताएका छन् ।