सामाजिक सञ्जाल

संग्रौलाको व्यंग्यः बतासे गफले लङ्का हाँक्ने चटके ओलीतन्त्रले डुबाउने भो !

८ असोज, काठमाडौं । राजनीतिक विश्लेषक एवं वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले ओली सरकारको बतासे गफले मुलुकमा कोरोना संक्रमण फैलिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले मुलुकमा कोरोना सङ्क्रमण बढ्दो रहेको, परीक्षण घट्दो र कन्ट्याक्ट ट्रेसिङ शून्यसरह रहेको बेला  बतासे गफले लङ्का हाँक्ने चटके ओलीतन्त्रले डुबाउने ब्यंग्य गरेका छन् ।

उनले नाकै अगाडि आउन लागेको महामारीको भयावह खतराको सुइको नपाउने सुस्त र अकर्मण्य ओलीतन्त्रले कोरोनाविरूध्दको लडाइँमा घ्याप्पै घुँडा टेक्यको बताएका छन् ।

साथै उनले स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले लक्षणसहितका संक्रमित २५ हजार पुग्दा अस्पतालमा स्वास्थ्य सुविधाको संकट भई लकडाउन लगाउनु पर्ने बताएको भन्दै सुविधा थपथाप र विस्तार नभई फेरि लकडाउन ? भन्दै प्रश्न गरेका छन् ।

उनले अगाडी भनेका छन्ः लकडाउनपछि बेसार–पानी र राम नामको शरण? संसारले देख्ने भो त कोरोना नियन्त्रणमा अद्भुत कीर्तिमान !

उनको ट्वीटः स्वास्थ्य प्रवक्ता गौतमले भनेछन् –लक्षणसहितका संक्रमित २५ हजार पुग्दा अस्पतालमा स्वास्थ्य सुविधाको संकट भई लकडाउनको शरण पर्ने भइयो । सुविधा थपथाप र विस्तार होइन,फेरि लकडाउनरु अनि लकडाउनपछि बेसार–पानी र राम नामको शरण ? संसारले देख्ने भो त कोरोना नियन्त्रणमा अद्भुत कीर्तिमान !

नाकै अगाडि आउन लागेको महामारीको भयावह खतराको सुइको नपाउने सुस्त र अकर्मण्य ओलीतन्त्रले कोरोनाविरूध्दको लडाइँमा घ्याप्पै घुँडा टेक्यो है ! सङ्क्रमण बढ्दो छ,परीक्षण घट्दो छ,कन्ट्याक्ट ट्रेसिङ शून्यसरह छ । बतासे गफले लङ्का हाँक्ने चटके ओलीतन्त्रले डुबाउने भो त, मान्यवर !