अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमणका कारण रेल राज्यमन्त्री अंगडीको मृत्यु

८ असोज, एजेन्सी । भारतका कोरोना संक्रमणका कारण केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु भएको छ ।

६५ वर्षीय अंगडीको दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेप्टेम्बर ११ मा एम्स अस्पताल भर्ना गरिएको थियो ।

कर्नाटकका निवासी उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।