सामाजिक सञ्जाल

किशोर नेपालको चिन्ताः देशमा भात खान नपाउने दिन आउँदैछ

७ असोज, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले सरकार त के के भन्छ के के भन्छ? हामी जनताले सरकारका सबै कुरा पत्याएर साध्य लाग्छ ? भन्दै प्रश्न गरेका छन् । उनले टुवीट गर्दै, ‘सरकार भारत र चीनतिरको सीमाको पिल्लर कहिले हरायो भन्छ, कहिले पाइयो भन्छ। यता देशमा भात खान नपाउने दिन आउँदैछ ।’ भन्दै चिन्ता ब्यक्त गरेका छन् । किशोर नेपालले बर्षा र किसान अनि कोरोना महामारीलाई जोड्दै भनेका छन्, ‘यता सीमा साँघुरो छ, उता बन्दछ । देशको धानखेतमा कोभिड–१९ फलेकोछ ।’
उनको ट्वीटः सरकार त के के भन्छ के के भन्छ? हामी जनताले सरकारका सबै कुरा पत्याएर साध्य लाग्छ ? सरकार भारत र चीनतिरको सीमाको पिल्लर कहिले हरायो भन्छ, कहिले पाइयो भन्छ। यता देशमा भात खान नपाउने दिन आउँदैछ । यता सीमा साँघुरो छ, उता बन्दछ । देशको धानखेतमा कोभिड–१९ फलेकोछ ।