राजनीति

सरकारले भन्यो, ‘चीनले नेपालकोमा हाेइन उसैको भूमिमा संरचना बनाएको हो’

७ असोज, काठमाडौं । परराष्ट्र मन्त्री एबम् सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले हुम्लामा चिनीयाँ पक्षले नेपालको भूमिमा कुनै संरचना निर्माण गरेको बताएका छन् । बनेका संरचनाहरु एक किलोमिटर भित्र चिनीयाँ भूमिमा नै बनेका भन्दै यस्तै समाचारहरु २०७३ सालमा पनि आएका र त्यसबेला पनि गृह, परराष्ट्र र नापी बिभागको संयुक्त टोलीले स्थलगत अध्ययन गरेको बताएका छन् ।
समाचारमा चिनीया पक्षले सरचना बनाएको भन्ने समाचारको खण्डन गर्दै सरकारले चिनीयाँ पक्षले नेपालको भूमि नमिचेको स्पष्ट गर्ने प्रयास गरेको छ । बिभिन्न ब्यक्ती तथा संस्थाले सरकारको जवाफ मागिरहेका बेला मन्त्री ज्ञवालीले स्पष्ट गर्ने प्रयास गरेका छन्।