प्रदेश 1

जागरुक युवा समूह समाज सेवामा सकृय, देखिए इटहरी पुरै सेनिटाईज गर्ने अभियानमा

७ असोज, इटहरी । जागरुक युवा समूहले इटहरी १९, २०, २ नम्बर वडामा कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै सेनिटाईज गरेका छन् । ईटहरीको तरहरास्थीति हिप हप नेपाल समूहको अगुवाई दान बहादुर राई र जीवन राईले गरेको र आगामी दिनमा पुरै इटहरी उपमहानगर नै सेनिटाईज गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन्।
जागरुक युवा समूह समाज सेवामा सकृय देखिएका छन्, विगतदेखी नै समाजसेवामा सकृय उक्त क्लवले इटहरी पुरै सेनिटाईज गर्ने अभियानमा पछिल्लो समय सकृय देखिएको छ ।