स्वास्थ्य

आज कोरोना जितेर निस्कने १८९३ जना, थपिए ११७२ जना नयाँ संक्रमित

७ असोज, काठमाडौं । आज देशभर ११ सय ७२ जना कोरोना संक्रमित थपिएको पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएअनुसार महिला ४२६ जना र पुरुष ७४६ जना थपिएका हुन् । काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमितहरु गरी काठमाडौ उपत्यकामा ६३७ संक्रमित थपिएका छन् । देशभर अहिलेसम्म सकृय संक्रमितको संख्या १७ हजार ४१४ जना छन् । त्यस्तै आज गरिएको पीसीआर टेष्ट जम्मा ९ हजार ४९७ जना छन् , २४ घण्टामा कोरोना जितेर निस्कनेको संख्या १८९३ जना छ ।