सूचना प्रविधि

एनसेलले ल्यायो टिकटक र फेसबुकका आकर्षक थप नन्स्टप प्याकहरु

७ असोज, काठमाडौं । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजालिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदानगर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।
‘प्लस’थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि संचालनमा आएका छन् । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।
ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिनवा ३० दिनको समयसिमा रहेका यीप्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजालिन सक्छन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।
त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याकलिई आफुले लिएको प्याकको समय सिमा बाँकीरहेसम्म नन्स्टप रुपमा यसको फाइदालिन सक्छन् । यतिमात्रनभई, यो ३० दिनको प्याकलिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुपप्राप्तगर्दछन् ।
एनसेलको फोरजी सेवा लिएका ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स
१ह्यास डायल गरी यी नयाँ प्याकहरु प्राप्तनिर्देशनअनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन् । ग्राहकले एनसेलएपतथा डिजिटल वालेट सेवाप्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत आफुलाई मनपर्ने प्याक सुचारु गर्न सक्छन् ।
नन्स्टप अफर अन्तर्गत लोकप्रिय एपमा आधारित भई ल्याइएका यी नयाँ आकर्षक प्याकहरुले फोरजी ग्राहकहरुलाई सुलभ दरमा उनीहरुको प्राथमिकतामा रहेका सामाजिक सञ्जालमा नन्स्टप पहुँचप्रदान गर्ने भएकाले ग्राहकका लागि यसले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । नन्स्टप अफरहरु अन्तर्गत एनसेलले सात दिनको समयसिमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युब प्याकमात्र रु १०० (कर सहित रु १२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक रु १५० (कर सहित रु १९१.५४) मा प्रदानगर्दै आएको छ । यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबीथप डेटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमापाउदै आएका छन् ।
साथै सात दिनवा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजनापनि रहेको छ । यीप्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७दिन सम्म मात्र रु २० (कर सहितमात्र २५.५४) मा ३५०० एमबी थपफोरजी डेटालिन सक्छन् । उक्त डेटा ग्राहकले टिकटक, फेसबुकवा युट्युबचलाउनको लागिप्रयोग गर्न सक्छन् ।
आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले वायर फ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानीप्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइसिमप्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।