सामाजिक सञ्जाल

हुम्लामा अतिक्रमित भूमिबाट चीनलाई फिर्ता पठाउन अध्यक्ष थापाको माग

७ असोज, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको स्थानबाट चीनलाई फिर्ता पठाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएकोप्रति चासो राखेका हुन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले सरकारसँग यसको सत्यतथ्य सार्वजनिक गर्न समेत माग गरेका छन् । अध्यक्ष थापाले सरकारको काममा पार्टीको प्रत्यक्ष हस्तक्षेप हुन नहुने दृष्टिकोणसमेत अघि सारेका छन् ।