आर्थिक

सुनको मुल्य निरन्तर ओरोलो लाग्ने क्रम जारीः आज फेरी तोलामा १२ सय घट्यो

७ असोज, काठमाडौं । पछिल्लो केहि समय आकासिएको सुनको मुल्य फेरी ह्वात्तै घटेको छ । मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको सुन आज फेरी तोलामा १२ सय रुपैयाँले घटेको छ । आज तोलामा १२ सय रुपैयाँले घटेर छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ तोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि सोमबारको तुलनामा १७ सय रुपैयाँले घटेर मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ रहेको थियो । बुधबार १२ सय रुपैयाँले गिरावट आएसँगै सुनको मूल्यमा २ दिनमा २९ सय रुपैयाँले गिरावट आएको छ । यसअघि सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

बुधबार नेपाली बजारमा तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ । यसअघि मंगलबार तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ प्रतितोला रहेको थियो । मंगलबार ९० रुपैयाँ प्रतितोलाका दरले घटेको चाँदीको मूल्य बुधबार पनि घटेको छ ।

महासंघका अनुसार बुधबार ४० रुपैयाँ प्रतितोलाका दरले चाँदीको मूल्यमा गिरावट आउँदै ११ सय ९० रुपैयाँ प्रतितोला कामय भएको छ । यसअघि चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ३० रुपैयाँ र सोमबार प्रतितोला १३ सय २० रुपैयाँ रहेको थियो ।