बाग्मती

ललितपुरको अल्का र मेघा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

७ असोज, काठमाडौं । ललितपुरको दुई छुटा–छुट्टै अस्पतामा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । अल्का अस्पतालमा उपचाररत पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति मृत्यु भएको हो ।

कलेजोको समस्या रहेको उनी भदौं १६ गते अस्पताल भर्ना भएका थिए । यस्तै धापाखेलका ८० वर्षीय वृद्धको मंगलबार मेघा अस्पतालमा मृत्यु भएको हो । भदौं ६ गते उपचारको लागि अस्पताल भर्ना भएका उनमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या वढिरहेको छ ।

यस्तै दैनिक भेटिने संक्रमितमध्य आधा भन्दा धेरै उपत्यकामै फेला परेका छन् । विभिन्न जिल्लाबाट आउनेहरुका कारण घना बस्ती रहेको उपत्यकामा कोरोना फुसको आगो जसरी फैलिएको छ ।