समाचार

चिनियाँ पक्षले भन्यो: नेपालको भुमि मिचेर भवन बनाईएको छैन

७ असोज, काठमाडौं । चनियाँ पक्षले नेपालको भुमि नमिचेको दाबी गरेको छ । केहिदिनदेखी नेपालि सञ्चारमाध्यममा चिनले हुम्लास्थित नेपाली भुमिमा भवन बनाएको भनेर प्रकासित समाचारहरुप्रति खण्डन गर्दै चिनिया पक्षले यस्तो दाबी गरेको हो ।

केही दिनदेखी नेपाली सञ्चार माध्यमले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन गरेका थिए । लगत्तै सीमाको वास्तविक रुपमा स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको थियो ।

मंगलबार साँझ चिनिया दुतावासका प्रवक्ता वाङ सीयओलङ आफ्नो आधिकारीक भनाई सार्वजनिक गर्दै चिन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भु–भागमा रहेको प्रमाणीत भएको दाबी गरेका छन् । नेपाल–चीन नजिकैको छिमेकी भएको बताउँदै उनले नेपाल पक्षले फेरी प्रमाणीकरण गर्नसक्ने बताएका छन् । चीनियाँ दुतावास प्रवक्ता वाङले चीन र नेपालको कुनैपनि भु–भाग सम्बन्धमा विवाद नभएको दुबै पक्षले अहिले सीमा मामिलामा संवाद गर्न सक्ने बताएका छन् ।

साथै चीनले सीमा मिचेको भनिएको ठाउँको स्थलगत अध्ययन गरेपछि टोलीले केन्द्रमा रिपोर्ट पठाएको तर उक्त सीमा सम्बन्धमा नेपाल सरकारले भने अहिलेसम्म कुनै पनि प्रक्रिया दिएको छैन । सम्बन्धित मन्त्रालयहरु गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रालयले यस बारेमा केही पनि बोलेका छैनन् ।