राजनीति

भ्रष्टाचारी बचाएकोमा नविन घिमिरेलाई सरकारको पदक, कुलमान/डा केसी पाखेः ज्ञानेन्द्र शाही

असोज, काठमाडौं । भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीले सरकारले कुलमान घिसिंगलाई कुनै पुरस्कार नदिएको तर नविन घिमिरेलाई दिएको कुरा गलत भएको बबताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारलाई रक्षा गरेको हिसावमा पदक बाँडिएको आरोप लगाएका छन् । उनले बिष्णु पौडेलको बालुवाटार जग्गा काण्ड, गोकुल बास्कोटाको ७० करोड भ्रष्टाचार काण्ड, वाईडबडी काण्ड, फोरजी घोटाला काण्डलगायतका भ्रष्टाचारलाई बचाएको ककारण पुर्व प्रमुख आयुक्त नविन घिमिरेलाई पदक दिएको बताएका छन् ।
शाहीले गोबिन्द केसीले पुरा जीवन देशलाई दिएको भन्दै उनलाईसमेत पर्यटनमन्त्री योगेश भट्टराईले स्वार्थी भन्नु गलत भएको बताए । उनले नेपालमा भएका अधिधकाँँस बिकास राजा रजौटाका पालामा बनेको दाबी गर्दै प्रचण्डलगायतले त संरचना भत्काउनेबाहेक काम नगरेको बताए । उनले एमबिबिएस पढ्ने बिद्यार्थी जिल्ला वा अञ्चल अस्पतालमा निःशुल्क अध्ययन गर्न पाउने नियम भएपनि प्रधानमन्त्री ओली र पर्यटन मन्त्री योगेश भट्टराईजस्ता अपराधीक कृयाकलाप भएकाहरुले प्राईभेटका माफियाहरुसँग मिलेर मेडिकल कलेज खोल्ने स्वीकृति दिए । उक्त कलेजमा एक करोडसम्म तिरेर डाक्टर पढ्ने बिद्यार्थीले ४५ हजारमा काम गर्ने अवस्था नभएर प्राईभेट अस्पतालमा ५ लाखसम्म कमाउन प्राईभेटमा काम गर्न बाध्य हुन्छन् । कतिपय अस्पतालमा मासु बेच्ने मान्छेसमेत अस्पतालको डिन भएको दृष्टान्त दिँदै राजाले बनाएका बाटामा हिँड्ने, भवनमा बस्ने कार्य गरेको बताए । कालीकोटमा हिजो ज्ञानेन्द्र शाहले बाटो खन्न लगाएका सेना तत्कालीन माओबादीले मारेको भन्दै जनार्दन शर्माको नामसमेत दिए ।
शाहीले गाउँमा सरकारी बिद्यालयको सम्पतीभएपनि त्यसमा स्तर गरिउँदै प्राईभेट स्कुल खोल्न लगाएको अनि पार्टीको झोला बोकेकोलाई हेडमास्टर बनाएको आरोप लगाए । उनले सरकारी बिद्यालयमा अध्यापन गराउनेले प्राईभेट स्कुल खोलेर सरकारी स्कुलको पढाई कमजोर बनाएको भन्दै स्वास्थ्य र शिक्षामा जनतालाई लुटेको बताए । उनले जतिपनि स्कुल र अस्पतालका मालिकहरु राजनीतिक पार्टीका कार्यकर्ताको लगानी भएको बताउँदै भिएस निकेतन, लिटिल एन्जलसको मालिक त साँसद नै भएको स्मरण गरे । उनले डा गोबिन्द केसीले निःशुल्क शिक्षा दिन गरेको माग पुरा गरेमा कमिशन नआउने, कुलमानले लोडसेडिंग अन्त्य गर्दा ईन्भर्टरबाट कमिशन नआउने भएपनि रिसाएर गोबिन्द केसीलाई योगश भट्टराईले पाखे भनेको बताए । शाहीले योगेश भट्टराईले सबैभन्दा अगाडी राजनीति आफैंले बढेको आफ्नो कलेज जलाएर आएको उनले आफैं स्वीकारेको बताउँदै अपराधिक पृष्ठभूमि भएका ब्यक्तीहरुले देशभरका जनताको लागि निःशुल्क शिक्षा र स्वार्थमा काम गर्न नसक्ने बताए ।
शाहीले सरकारी स्कुलका शिक्षक परिवर्तन र अस्पतालको निरीक्षण गरी प्रशासन सुधार गरे सरकारी अस्पताल र बिद्यालयको स्तर सुधार्न सकिने बताए । शाहीले कामम नगर्नेहरुलाई निर्बाचनमा एक भोट पनि नदिए सबै सकिने भन्दै प्रा डा गोविन्द केसीको आन्दोलनलाई पूर्ण रुपमा साथ र समर्थन गर्नुपर्ने बताए ।