सामाजिक सञ्जाल

डा केसीसंग बहादुरी देखाउने/भ्रष्ट,दलालको पछि लाग्ने सरकारको प्रबृत्ति गलतः प्रदिप पौडेल

७ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले न्यायका लागि लड्नेसंग बहादुरी देखाउने तर भ्रष्ट र दलाललाई ओत दिने ओली सरकारको प्रबृत्ति गलत भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता पौडेलले अनसरनरत डा गोबिन्द केसी माथि राज्यले गरेको दादागिरी प्रति खेद प्रकट गर्दै यस्तो टिप्पणी गरेका छन् । नेता पौडेलले अन्यायको विरुद्ध लड़ाई छेडेका एउटा सन्तसङ्ग बाहुबलको राज्य कति कापेको भन्दै व्यग्ंयात्कम प्रश्न समेत गरेका छन् ।

उनले न्यायका निम्ति लड्ने निमुखासङ्ग आफ्नो बाहदुरी देखाउने तर भ्रष्ट र दलाललाई ओत दिने सरकारको घिनलाग्दो प्रवृतिले लोकतन्त्रलाई कोमामा पुर्याउने निश्चय भएको प्पिणी गरेका छन् ।

उनको ट्वीटः डा केसी माथि राज्यले गरेको दादागिरी खेदजनक छ । अन्यायको विरुद्ध लड़ाई छेडेका एउटा सन्तसङ्ग बाहुबलको राज्य कति कापेको ? न्यायका निम्ति लड्ने निमुखासङ्ग आफ्नो बाहदुरी देखाउने तर भ्रष्ट र दलाललाई ओत दिने सरकारको घिनलाग्दो प्रवृतिले लोकतन्त्रलाई कोमामा पुर्याउने निश्चय छ ।