समाचार

राष्ट्रियसभा सदस्य वामदेवको नियुक्ति बदरको माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै

७ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रियसभामा नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा सोमबार दायर रिटको आज सुनुवाई हुने उनले जानकारी दिएका छन् ।

सोही रिटको पेसी बुधबारका लागि तोकिएको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा रिटको सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित नेता गौतम केही दिनअघि राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए ।

त्रिपाठीले सर्वोच्चमा दर्ताका लागि पेस गरेको निवेदनमा तत्काल राष्ट्रियसभा सदस्यका रूपमा काम नगर्न, नगराउन अन्तरिम आदेश माग गरिएको छ ।