मनोरञ्जन

गायिका देवी घर्तिको आवाजमा ”मेरी आमा” भिडियो सहित

७ असोज, काठमाडौँ । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । गायिका देवी घर्ति र मदन ढकालको आवाजमा रहेको ”मेरी आमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

आमा र छोरी विचको प्रेम प्रसंङगलाई गीतमा समेटिएको छ । आफुलाई जन्मदिने आमाले गरेको त्याग र समपर्णलाई गीतमा देखाइएको छ । गीतमा मदन ढकालको शब्द तथा लय सिर्जना रहेको छ । गरिवी पनको कारणले आफनो सन्तानलाई सुख दिन नसक्दा आमाले आत्महत्या गर्न विवश आमाको मायालाई गीतमा देखाईएको छ ।

विरेन्द्र भटटको छायाँकन , विकाश ज्ञवालीको सम्पादन तथा मदन ढकालको निर्देशन भिडियोमा रहेको छ । ”मेरी आमा” गीतको भिडियोमा रञ्जिता गुरुङ , रमा थपलिया , खेम बत्याल , रविना भण्डारी , केदारनाथ कपरी , रविना आचार्य साथै बालकलाकारहरु प्रिन्सा खड्का , ब्लोसम ढकाल , सायरा धितालको अभिनय रहेको छ ।

गीतको भिडियोः