प्रदेश 1

विराटनगर शिक्षण अस्पतालमा ८६ वर्षे कोरोना संक्रमित बृद्धको गयो ज्यान

७ असोज, विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण एक ८६ वर्षे बृद्धको ज्यान गएको छ । मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत बृद्धको आज बिहान मृत्यु भएको पुष्टि भएको हो ।

कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएपछि भदौ ३ गते आईसीयुमा भर्ना भएका बृद्धमा ५ गते कोरोना पुष्टि भएको थियो । मृर्गाैला, मधुमेह, निमोनियाँ लगाएतबाट रोगी झापाको भद्रपुर-१० घर भएका गहतराज थर भएका बृद्धको आज बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पताल प्रशासन प्रमुख सुधीरसिंह राठौरका अनुसार कोरोनाको जटिल लक्षण र निमोनियाँका कारण बृद्धलाई बचाउन नसकिएको हो ।

यस्तै कोरोना संक्रमणका कारण नेपालमा मंगलबारसम्म ४ सय २९ जनाको मृत्यु भएको स्वाथ्य मन्त्रालयले पुष्टि गरेपनि अन्य कयौं व्यक्ति थफिएका छन् ।