अन्तर्राष्ट्रिय

कोरोना कहरः अमेरिकामा लियो २ लाख भन्दा वढीको ज्यान, ७० लाख वढी संक्रमित

७ असोज, एजेन्सी । कोरोना संक्रमणको सबैभन्दा प्रभावित मुलुक अमेरिकामा २ लाख बढीको मृत्यु भएको छ । चीनको वुहानबाट फैलिएको भाईरस कोरोनाको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ भने दोस्रोमा भार र तेस्रोमा ब्राजिल छ ।

अमेरिकामा दुई लाख बढीको मृत्यु हुँदा भारतमा ९० हजार वढी र ब्राजितमा १ लाख ३८ हजार वढीले ज्यान गुमाएका छन् । अमेरिकामा आजसम्म आईपुग्दा कोरोनाका कारण २ लाख ५ हजार ४ सय ७१ जनाको मृत्यु भएको छ ।

यस्तै ७० लाख ९७ हजार ९ सय ३७ जना संक्रमित भएका छन् । अमेरिकामा कोरोना दिन–प्रतिदिन वढिरहेको छ । यस्तै आजसम्म ४३ लाख ४६ हजार १ सय १० जनाले कोरोना जितेका छन् । साथै १४ हजार ५९ जना संक्रमितको अवस्था गम्भिर रहेकाले मृतकको संख्या अँझै बढ्नसक्ने देखिएको छ । चीतबाट फैलिएको कोरोना भाईरसले ६–७ महिनादेखी नै सिंगो विश्वलाई सताएको छ ।

यस्तै पछिल्लो समय नेपालमा पनि कोरोना प्रकोप नराम्रो संगै फैलिँदै गएको छ । नेपालमा अहिले संक्रमित ह्वात्तै बढेको छ । नेपालमा आजसम्म ६६ हजार ६ सय ३२ संक्रमित भएका छन् भने ४ सय २९ जनाको मृत्यु भईसकेको छ ।