लुम्बिनी

कोरोना संक्रमणका कारण बर्दियामा ६४ वर्षे पुरुषको मृत्यु

७ असोज, बाँके । कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित ६४ वर्षीय बर्दिया ठाकुरबाबा नगरपालिकाका पुरुषको कोहलपुरमा उपचारका क्रममा गएराती  मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म कोरोना संक्रमणका कारण ४ सय २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी दुई जनाको मृत्यु पुष्टि गरेको थियो ।