आर्थिक

कोभिड सम्बन्धि अनुसन्धानको लागि ज्योति विकास बैंकद्वारा तिलगंगालाई सहयोग

६ असोज, काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्ध सम्बन्धि अनुसन्धानको लागि सहयोग गरेकोछ। तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको “Detection of SARS-CoV-2 infection on Conjunctiva swab among COVID-19 cases in Nepal”को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धनकोषमार्फत २ लाखबराबरको आर्थिक सहयोग गरेको छ।
ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुखकार्यकारी अधिकृत चन्द्रभट्ट र तिलगंगा आँखाप्रतिष्ठानकोतर्फबाट प्रतिष्ठानको अनुसन्धान विभागका निर्देशक डा सुमन थापाले उक्त सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।
तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले डा सन्दुक रुईतको संयोजकत्वमा गरिरहेको उक्त अनुसन्धानमा कोरोना भाइरस र आँखाबीचको सम्बन्धको अध्ययन भइरहेको हो।अनुसन्धानले नेपालीको रोनासंक्रमितहरुको आँखामा कोरोना भाइरसको असर र आँखाबाट भाइरस संक्रमण सम्बन्धि अध्ययन गरिरहेको हो।नेपालमा यस किसिमको अनुसन्धान पहिलो पटक भइरहेको हो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागरगर्नकोलागि सहयोगी बन्ने मूलउद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरुगर्दै आएकोछ।