पु.समाचार

डा. केसीको उपचारलाई सरकारले गठन गर्यो आठ सदस्यीय चिकित्सक टोली

६ असोज, काठमाडौं । अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ ।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको संयोजकत्वमा आठ सदस्यीय टोली गठन गरिएको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा।सन्तोष पौडेलले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्ले सोमबार जुम्ला हुँदै नेपालगञ्जबाट ल्याइएका डा. केसीको स्वास्थ्य उपचार गर्नका लागि आज टोली गठन गरेको हो । टोलीमा डा. मुकेश शर्मा पौडेल, डा. अनन्तभक्त उप्रेती, डा. अनिल बराल, डा। जितेन्द्रकाजी श्रेष्ठ, डा. सुजिता मानन्धर, डा. घनश्याम थापा र डा. हरिहर खनाल रहेका छन् ।
उपचारका लागि डा. केसी वीर अस्पतालमा आएपनि कोभिड १९ को डेडिकेटेड अस्पतालका रुपमा वीरलाई अहिले रुपान्तरण गरेपछि सेन्टरमा उनको उपचारका लागि ल्याइएको छ । उनको उपचार गर्न गठित चिकित्सकको टोलीले स्वास्थ्य उपचार गर्न खोज्दा नमानेको सेन्टरका डा. पौडेलले जानकारी दिए।