सुदूरपश्चिम

डडेल्धुरा अस्पतालमा पिसिआर प्रयोगशाला सञ्चालनलाई २० लाख हस्तान्तरण

६ असोज, अमरगढी । अमरगढी नगरपालिकाले डडेल्धुरा अस्पतालमा पिसिआर प्रयोगशाला सञ्चालनमा सहयोग पुरयाउने उद्येश्यले मङ्गलबार २० लाखको चेक हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी ७ जिल्लाको केन्द्र विन्दुमा रहेको सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना भई पिसिआर परीक्षण भईरहेको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको कोरोना परीक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्नका लागि नगरपालिकाले अस्पताललाई उक्त सहयोग गरेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए । सो प्रयोगशाला सञ्चालनमा आएपछि उक्त क्षेत्रका विभिन्न जिल्लाको पिसिआर परीक्षण हुदै आएको र अस्पतालका सुविधामा पनि सुधार हुदै आएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।