पु.समाचार

२४ घण्टामा थपिए १३ सय ५६ जना कोरोना संक्रमित, ८३३ डिस्चार्ज

६ असोज, काठमाडौ । आज काठमाडौं उपत्यकामा ६४७ सहित १३ सय ५६ जना कोरोना संक्रमित पुष्टी भएका छन् । काठमाडौंमा ५११, ललितपुरमा ७३ जना र भक्तपुरमा ६३ जना उपत्यकामा थपिएका हुन् । नेपालमा जम्मा संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । अहिलेसम्म संक्रमित मुक्त हुनेको संख्या ४८ हजार ६१ छ । पछिललो २४ घण्टामा भने ८३३ जना कोरोना जितेर घर फर्किएका छन् । आज ११ हजार १५४ पिसिआर परीक्षण गरिएको थियो ।