बाग्मती

मुख्यमन्त्री डोरमणि पौडेलद्वारा कम्युनिष्ट नेत्री प्रधानप्रति श्रद्धाञ्जलि

६ असोज, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट नेत्री सहाना प्रधानप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । नेत्री प्रधानको छैटौँ स्मृति दिवसका अवसरमा आज सन्देश जारी गर्दै पौडेलले प्रजातान्त्रिक आन्दोलन र महिला मुक्तिको आन्दोलनमा प्रधानले पु¥याएकाे योगदानको चर्चा गरे ।

‘नेपालको लोकतन्त्र प्राप्तिका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी तथा विभेदकारी सामाजिक परम्परा र पितृसत्तात्मक सोचले पछाडि पारिएका महिलाहरुको मुक्तिका लागि सशक्त र परिणममुखी आन्दोलनको नेतृत्व गरेकी सङ्घर्षशील व्यक्तित्व आदरणीय सहाना प्रधानको छैटौँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ’, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।