पु.समाचार

उपकुलपति डा गिरी फोन उठाउँदैनन्, यसरी हुन्छ अस्पतालको लापरबाहीले बिरामीको निधन!

६ असोज, धरान । झापाकी ७२ बर्षीया पबित्रादेवी तिमिल्सिनाको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा निधन भयो । झापाको कन्काई अस्पतालमा भदौ ३१ गते शरीरलाई गाह्रो भएपछि असोज १ गते भर्ना गरिएकी उनलाई कन्काईमा ३ गतेसम्म उपचार गर्यो । केही बर्ष पहिले घाँटीको हड्डी खिएको बीर अस्पतालले भनेको थियो, अस्पतालले उमेर बढ्दै गएपछि हुन्छ भन्थ्यो।
तीन साता अगाडी पनि समस्या भएपछि कन्काई अस्पतालमा उपचार गराउन लगिएकी पवित्रालाई अस्पतालले जँचाएर औषधी ख्वाएपछि ठीक भएको थियो । पुनः भदौ ३१ गते बेलुका गाह्रो भयो र १ असोजमा कन्काईमा भर्ना गर्यो, नर्मल बेडमा राख्यो, हिंडेर अस्पताल जानुभएको थियो। उहाँको छाछातीको एक्सरे गर्दा निमोनिया देखियो, औषधी दियो । कन्काईमा असोज २ गते आईसियुमा हाल्यो, निकै साह्रै पार्यो आईशियूमा उपचार हुादैगर्दा पानी खाने, चिया खाने अनि गिलो भात आफैं खाने गर्नुहुन्थ्यो, त्यसपछि अस्पतालले एबिजि टेष्ट गर्न आग्रह गर्यो उक्त ल्याव अस्पताल परिपरि भेटिएन, दमकमा बल्ल बल्ल भेटियो र रिपोर्ट हेर्दा निमोनिया भएको र पीप बगेको कुरा डाक्टरले भने पछि पबित्राले पनि आफ्ना छोरी र छोराहरुसँग भन्नुभएको थियो।
शनिबार डाक्टर नआउने कारणले गर्दा कतिपय समयमा डाक्टरले धरानबाट फोनमा कुरा गरेर उपचार गर्ने देखियो। परिवारका सदस्यहरुले बिरामीको कोरोना परीक्षण गर्न आग्रह गर्दा कन्काईले ज्वरो आउने लगायतका लक्षण नभएकाले कोरोना परीक्षण नगर्न भनेको थियो । ३ गते एकाएक कन्काई अस्पतालले भेन्टिलेटरमा बिरामी राख्नुपर्ने भन्दै अलि सुबिधा सम्पन्न अस्पताल लान आग्रहसहित बेलुका डिस्चार्ज गरेको थियो। त्यसको भोलीपल्ट स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेस्वर गौतमलाई सम्पर्क गर्दा उनले सल्लाह दिएअनुसार धरानस्थीत विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लागे सल्लाह दिए । त्यहीअनुसार बिरामीका आफन्तले बिरामीलाई अस्पताल लगे । तर बिडम्बना बिरामी पबित्रालाई अस्पतालले आकश्मिक कक्षमा भर्ना गर्न मानेन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतम, विपीका निर्देशक डाईरेक्टर गौरिशंकर शाहसँग कुरा गरेर उक्त अस्पतालमा आकस्मिक अनि आईसियूमा राखेर उपचार गर्ने सललाह भएको भएपनि बिरामीलाई भर्ना गरिएन । २/३ घण्टा बिरामीलाई अस्पतालबाहिर तातो घाममा राखियो, पछि दुईजना डाक्टर आएर कोरोना अस्पतालमा लान भने तर कुनै हालतमा प्रवेश गर्न दिएनन् डाईरेक्टरसँग सम्पर्क गर्दा म भन्दिन्छु भने तर पवित्रालाई आकस्मिक कक्षमा प्रवेश गर्न मानेनन् । त्यसपछि पुनः सम्पर्क गर्दा डाईरेक्टर गौरीशंकरको फोन नै उठेन, बरु उल्टै एम्बुलेन्समा भएकी बिरामीलाई प्रहरी आएर एम्बुलेन्स राख्न नमिल्ने भन्यो, प्रहरीको दबाबपछि ड्राईभरले एम्बुलेन्स हटायो । बिरामीलाई कोभिडमा लान आग्रह गरेपछि कोभिडमा लगियो ४ गते । परिवारका सदस्य पत्रकार पनि भएकोले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई बाहिर बिरामी छट्पटाईरहेको कारण फेरि जागेश्वरलाई कल गरे । उनले अस्पताललाई आफूले भनेको भनेपनि बिरामीलाई भर्ना गर्न मानेन, उपकुलपति डा ज्ञानेन्द्र गिरिको त कुनै हालतमा फाेन उठ्दैन ।

पत्रित्राकी छोरी श्रृजना तिमिल्सिना काठमाडौंबाट आमाको उपचारका लागि गाईसकेकी थिईन् । बिरामीमा एकदम समस्या भएर कतैबाट पनि सुनुवाई नभएपछि फेसबुक लाईभ गरेपछि अस्पतालले कोभिडको आईसियूमा लगेर राख्यो, बेडमा राखेपछि भेन्टिलेटरमा लगेर राख्यो भन्यो तर परिवारका सदस्यहरुले भने देखेनन् । आफन्तले  अस्पतालका प्रवक्ता प्रवक्ता डा नितेस साप्कोटालाई पनि फोन गरेका थिए । कोभिड अस्पतालमा उपचार गराउँदा डाक्टरले पीपीइ प्रयोग गरेका भएपनि बिरामीलाई पीपीई लगाईएको थिएन । बिरामीका आफन्तले आफ्नी आमालाई अस्पतालको लापरबाहीले मार्यो भनेका छन् । आफन्त भन्छन्, ‘हामीहरुले कोरोना परीक्षण गर्न आग्रह गर्दा भोली गर्ने भन्ने अस्पतालका डाक्टरले भने’ । आफन्तलाई अस्पतालले भन्यो, ‘बिपीको मेशिन पुरानो भएको र १२ घण्टा भन्दा अगाडी रिपोर्ट आउँछ ।’ उनीहरुको दुखेसो छ न बिरामी भेट्न दिने न उपचार गर्ने ? एकैपटक राती १० बजेतिर पबित्राको निधन भएको खबर सुनाए, त्यसपछि शब सुताएको अवस्थामा पीपीई लगाएर जाँदा आफन्तले १० बजेतिर देखे ।

उपकुलपतिले त राती ११ बजे सम्म पनि समस्या सुनाउन सम्पर्क गर्दा पनि कल गर्दा रिसिभ गरेनन् । अस्पतालले साढे ८ बजेतिर पवित्राको मृत्यु भइसकेको उसले बतायो । परिवारले पवित्राको उपचार गर्न नमानी तातो घाममा राख्ने दुईजना डाक्टरको नाम सार्बजनिक गरी कारबाही गर्नुपर्ने र भिसिले राजीनामा दिनुपर्ने माग गरेका छन् । उनीहरुले पवित्राको निधन नभएको ठोकुवा गर्दै अस्पतालको लापरबाहीका कारण हत्या भएको दाबी गरेका छन् । परिवारका सदस्यले अस्पताललाई आक्रमक ढंगले असहमती जनाउँदा अनुसंधान गर्न समिति बनाउने कुरा गरे । अस्पतालका निर्देशक गौरिसंकर र प्रवक्ता खनालले एकसाथमा आएर भने । परिवारका सदस्यले आफ्नी नआउने भएपनि अन्य नागरिकले अकालमा उपचार नपाएर मर्नु नपरोस भन्दै उपचार नगर्ने दुई डाक्टरको नाम सार्बजनिक गरी लाईसेनस खारेज गर्नुपर्ने, उपकुलपति डा गिरीले राजीनामा दिनुपर्ने माग गरेका छन् । निधन भएको भोलिपल्ट बिहान छोरी श्रृजनालाई फोन गरेर अस्पतालले तपाईको बिरामीलाई कोरोना पोजेटिभ भएको अस्पतालले बतायो । पहिले कन्काईले पनि परीक्षण गर्न नपर्ने भनेको थियो, बिपीले पनि परीक्षण ५ गतेमात्र गर्ने भनेको भन्दै आएको भएपनि मृत्यु भईसकेपछि परीक्षण गरेर रिपोर्ट दिएको परिवारले बताएका छन् ।
मृतकलाई पहिला ३ दिन उपचार गराएको कन्काई अस्पताल न शील गरिएको छ न कुनै साबधानी उक्त प्रश्न पनि परिवारका सदस्यले जनाएका छन् । कोरोना पोजेटिभ देखिएको जानकारी भने अस्पताललाई गराएको बिरामीका आफन्तले जनाका छन् ।परिवारलाई कोरोना रिपोर्ट नदिएको गुनासो पनि उनीहरुले गरेका छन् । देशभर ४ सयभन्दा बढी कोरोना संक्रमणका कारण निधन भईसकेको अवस्थामा अन्य रोगमा बिरामीले उपचार गर्न पाईरहेका छैनन्, कोरोनाका बिरामीलाई पनि अस्पतालले लापरबाहीपूर्ण ढंगले व्यवहार गरिरहेको समाचारहरु आईरहेका छन् ।परिवार भने विपी कोईराला स्वास्थय विज्ञान प्रतिष्ठानसँगको आक्रोस सकिएको छैन ।