सामाजिक सञ्जाल

चीनिया नाकामै सामान रोकिएको प्रति भट्टराईको प्रश्नः सरकार किन कानमा तेल हालेर बस्यो ?

६ असोज, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले चिनियाँ नाकामा सामान रोकिएको प्रति सरकारसंग प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको प्रति दुःख व्यक्त समेत गरेका छन् ।

उनले व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेपनि सरकार किन कानमा तेल हालेर बसेको हो ? भन्दै कडा प्रश्न गरेका हुन् ।

चीनमा कोरोना संक्रमण देखिसंगै चीनाया नाका भएर नेपाल भित्रने भिनिन्न सामानका कन्टेनर नामामै थनिएका छन् । पछिल्लो समय नेपालमा कोरोना फैलिएपछि चीनले सामान निर्यातमा विभिन्न बहाना गर्दै रोकेर राखेको छ ।

उनको ट्वीटः छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन्१सरकार किन कानमा तेल हालेर बसेको हो ?