पु.समाचार

सत्तारुढ नेकपाको सचिवालय बैठक आज फेरी बस्दैः के आज नयाँ मन्त्री टुंगो लाग्ला ?

६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठकमा यसअघि पेस गरिएको कार्यसूचीमा छलफल हुनेछ । कार्यसूचीमाथि थप गृहकार्य गर्न सोमबारका लागि तय बैठक मंगलबारका लागि सारिएको हो ।

गत आइतबार पार्टी कार्यलय पेरिडाँडामा बसेको बैठकले विभिन्न चार कार्यसूची तय गरेको थियो । तीमध्ये पहिलो दिन मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको थियो । बाँकी कार्यसूची भित्रका एजेण्डामाथि आजको बैठकमा छलफल जनाइएको छ ।

सोमबार प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तय कार्यसूचीभित्रका एजेण्डा मंगलबारको बैठमा टुंग्याउनेगरी छलफल गरेका थिए ।

अध्यक्षद्वयबीच मंगलबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्तिका मापदण्ड, पार्टी एकताका बाँकी काम लगायत बिषयको टुंगो लगाउनेगरी छलफल भएको जनाइएको छ ।