राजनीति

महिला नै राष्ट्रपति बनेपनि महिला किन पछि परे, खोज्नुपर्छः नेतृ कोईराला

५ असोज, काठमाडौं । पुर्व उपप्रधानमन्त्री एबम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोईरालाले गिरिजाबाबुले माओबादीलाई जंगलबाट ल्याउन सफल हुनबाट संबिधान सभा हुंदै शुसील कोईरालाले संबिधान बनाउनसम्ममा काँग्रेसको सफलता मिलेको बताएकी छन् । गिरिजाबाबुले काँग्रेस गाँउ–गाउँमा, हिमालमा, पहाडमा छ भनेको कुरा बताउने गरेको स्मरण गर्दै गणेसमान सिंहले नेपालको विकासको कुरा गरेको भुल्न नहुने बताईन् । उनले महिलाले महिलाले बच्चा जन्माउनेदेखी सबै सहयोग गरेपनि किन महिला अगाडी बढेनन् त्यो प्रश्नचिन्ह खडा भएको बताईन् ।
उनले महिलाका हीतमा संबिधान बनेको, नयाँ कानून बनेको, अधिकार पाएको र राष्ट्रपति नै महिला बनेको अवस्थामा पनि महिला किन अगाडी बढ्न नसकेको त्यो प्रश्न चिन्ह खडा भएको छ उनले भनिन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई गुट–उपगुट हटाउन समाप्त पार्न आग्रह गर्दै सभापति देउवाले महिलाले काँग्रेसको उच्च स्थान दिनुपर्ने बताईन् । उनले १४ औं महाधिवेशनमा महिला र युवाले कृयाशील सदस्यता बढी लिनुपर्ने बताउँदै महिलाको प्रतिनिधित्व अझै बढ्नुपर्ने बताईन् । उनले कुनैपनि महिलाले आफू कमजोर छु भन्नु नहुने भन्दै गाणेशमान सिंहजीहरुले कसैसँगपनि सम्झौता नगरेको भन्दै प्रजातन्त्रको लागि सधैं एक स्थानमा उभिएको बताईन् । उनले आफूहरुको दायीत्व नै प्रजातन्त्र बचाउने भएको भन्दै जनआन्दोलनबाट पाएका उपलब्धिहरुलाई काँग्रेसले बचाउनुपर्ने विचार व्यक्त गरेकी छन् । मंगलादेवी सिंहको स्मृति सभाको अवशरमा आयोजित भर्चुअल बैठकमा नेतृ कोईरालाले उक्त विचार राखेकी हुन् ।